साउदी बाट आएका तीन नेपाली युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित पक्राउ

kathmandu 

 साउदी बाट आएका तीन नेपाली युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित पक्राउ

काठमाडौं । 




साउदी अरेबियाबाट आएका तीन जना नेपाली सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्।

विमानस्थल सुरक्षा गणले शनिबार एयर अरेवियाको उडानद्वारा सारजाहाबाट काठमाडौं आएका रसुवा नौकुण्ड-१ का ३२ वर्षीय सुकुराम लामा, नौकुण्ड-६ २७ वर्षीय पेम्बा थोक्रा र २२ वर्षीय बुद्धिमान तामाङलाई सुनसहित नियन्त्रणमा लिएको हो।

शंकास्पद गतिविधि देखाएपछि विमानस्थलको आगमन टनेल गेटमा नियन्त्रणमा लिई जाँच गर्दा सुनको सिक्रीहरु अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारिएको विमास्थल सुरक्षा गणले जनाएको छ।



बन्दले पाेखरा सुनसान, बन्दकर्ताले गाडी ताेडफाेड गरे

एमसीसीकाे विराेधमा ६ दलीय गठबन्धनले आयाेजना गरेकाे नेपाल बन्दकाे असर पाेखरामा पनि परेकाे छ । बिहानैदेखि बन्दकर्ता चाेकचाेक भने बजार ठप्प प्राय छ । बन्दका कारण नगरबसहरु चलेका छैनन् । लामाे दूरीका गाडीसमेत छुटाउन नसकिएकाे पृथ्वी राजमार्ग बस प्रालिका अध्यक्ष याेगेन्द्र केसीले बताए ।
कास्कीमा अप्रिय घटना नभएकाे र सुरक्षा ब्यवस्था कडा बनाएकाे प्रहरी प्रबक्ता सुन्दर तिवारीले जानकारी दिए ।
लेखनाथमा बन्दकर्ताले बिहान सूर्य नेपालकाे गाडी ताेडफाेड गरेका थिए । शङ्कास्पद गतिविधि गर्ने एक जनालाई नियन्त्रणमा लिएर राखेकाे प्रहरीले जनाएकाे छ ।



No comments:

Post a Comment